काठमाडौं- तनहुँको दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।
हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
आगो निभाउनका लागि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । आगो नियन्त्रणका लागि पोखराबाट एउटा दमकल पठाइएको छ । अर्को पनि दमकल पठाउने तयारी भएको जिल्ला प्रहरी श्रोतले जानकारी दिएको छ ।
श्रोतका अनुसार काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पनि आगलागी नियन्त्रणका लागि पुगेको छ । आगो फैलनेक्रम नरोकिएकोले हेलिकोप्टरबाट समेत पानी खसालेर नियन्त्रणमा लिन लागिएको हो ।
सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।


विश्व खबर 




















