images
images
  • उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल प्रहार, ३ महिनाभित्रै ९ वटा परीक्षण

    उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। शनिबार बिहान कोरियाली प्रायःद्वीपको पूर्वतर्फको समुद्रमा उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

    उत्तर कोरियाले यो वर्ष हालसम्म ९ वटा मिसाइल परीक्षण गरिसकेको छ। उसले जनवरीमा सात तथा फेब्रुअरीमा एउटा मिसाइल प्रहार गरेको थियो।

    शनिबार बिहान प्रहार गरिएको मिसाइलले २७० किलोमिटरको दूरी तय गरेको उल्लेख छ। दक्षिण कोरिया तथा अमेरिकाका गुप्तचर अधिकारीहरुले पछिल्लो मिसाइलका सम्बन्धमा थप अनुसन्धान गरिरहेको अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images