images
images
  • रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम: मानवीय सहायताका लागि बाटाे खुल्याे

    युक्रेनमा युद्ध गरिरहेको रुसले दुई मुख्य सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ। मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको स्थानीय समयअनुसार १० बजेदेखि बाटाे खुला गर्ने भएको हो।

    मारिपोल युक्रेनकाे प्रमुख तटीय सहर हो। यो सहर केही दिनदेखि रुसी सैनिकको कब्जामा छ। यस्तै अर्को सहर भोल्नो भाखमा पनि भीषण युद्ध भइरहेको छ।

    यसअघि मिरापोलका मेयरले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानका लागि दिइनु पर्ने र रुसी सैनिकले रोकिरहेको बताएका थिए। अहिले पनि युक्रेनका विभिन्न सहरमा युद्ध जारी छ। खार्किभमा बिस्फोट भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images