images
images
  • कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो- सभापति खड्का

    इलाम- नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएको छ ।

    बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाएको छ ।

    उनले भने “कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ । ” पार्टीमा गुट र भागबण्डा केही हुन नदिने र अब सिङ्गो कांग्रेस बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बएको छ । उनले भने“ कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने पर्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images