images
images
  • युक्रेन युद्धमा मारिए रुसी कमान्डर

    रुसका एक शीर्ष सैन्य कमान्डर युक्रेन युद्धमा मारिएको उनका सहकर्मीले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका छन् ।

    सेन्ट्रल मिलिटरी डिस्ट्रिक्टको ४१औं कम्बाइन्ड आर्म्स आर्मीका डेपुटी कमान्डर आन्द्रेई सुखोभेत्स्कीको मृत्यु बुधवार भएको युक्रेनका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

    रुसको सामाजिक सञ्जाल भीकोनताक्तेमा सर्गे चिपिलेभले पोस्ट गरेका हुन् । उनी रुसका सेवानिवृत्त सैनिकहरूको समूह कम्ब्याट ब्रदरहूडका उपाध्यक्ष हुन् ।

    पोस्टमा लेखिएको छ, ‘विशेष कारवाहीको क्रममा युक्रेनी भूमिमा हाम्रा मित्र मेजर जनरल आन्द्रेई अलेक्सान्द्रोविच सुखोभेत्स्कीको मृत्यु भएको दुःखद खबर हामीले पाएका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images