रुसले आक्रमण थालेयता युक्रेनबाट १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार युद्धबाट जोगिनका लागि १० लाखभन्दा बढी युक्रेनी छिमेकी देशहरुमा शरण लिन पुगेका हुन्।
हप्ता दिनभित्रै यति ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका हुन्। रुसले गएको बिहीबार (फेब्रुअरी २४) मा युक्रेनमाथि आक्रमण थालेको हो।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीटमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ, ‘१० लाख युक्रेनीले देश छोडेका छन्। युक्रेनमै रहेका दशौँ लाखलाई मानवीय सहायता सामग्री प्रदान गर्नका लागि बन्दुक रोकिनुपर्छ।’
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले रुसी आक्रमणका कारण एक करोड २० लाखभन्दा बढी युक्रेनी विस्थापित हुने आँकलन गरेको छ। उनीहरुका लागि राहतको जोहो गरिनुपर्ने नियोगको भनाइ छ।
युद्धबाट जोगिनका लागि सबैभन्दा धेरै युक्रेनी छिमेकी देश पोल्याण्ड पुगेका छन्। त्यहाँ पाँच लाखभन्दा बढी युक्रेनीले शरण लिएका छन्। यस्तै रोमानिया, स्लोभाकिया, हंगेरी, माल्डोभासहितका देशमा पनि ठूलो संख्यामा युक्रेनी पुगेका छन्।
In just seven days we have witnessed the exodus of one million refugees from Ukraine to neighbouring countries.
For many millions more, inside Ukraine, it’s time for guns to fall silent, so that life-saving humanitarian assistance can be provided.
— Filippo Grandi (@FilippoGrandi) March 2, 2022


विश्व खबर 

















