images
images
  • २४ घण्टामा थपिए ८हजार ६३६ कोरोना संक्रमित , १६९ जनाको मृत्यु


    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ।

    यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    गत चौबीस घण्टामा ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि सोमबार ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।

    गत चौबीस घन्टामा २२ हजार ३ सय ६ पीसीआर तथा ६३० एन्टिजेन परीक्षण भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images