images
images
  • प्रचण्डले भने- सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ

    काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नका लागि तयार हुनुपछाडिको कारण खुलाएका छन्।

    प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ जना सांसदहरुको पद जोगाउनका लागि आफू एमसीसी पास गर्न सहमत भएको बताए।

    माअ‍ोवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा हुँदा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने र सभामुख तथा अध्यक्ष नेपालसहित १४ सांसद्को पद जाने भएकाले आफूहरुले एमसीसीस पास गराउने र गठबन्धन जोगाउने निर्णय गरेको प्रचण्डको भनाइ छ।

    प्रचण्डले एमसीसीको विपक्षमा रहेका सांसदहरुलाई बुझाउनका लागि सभामुख र नेपालसहितको पदको कुरा भनेका हुन्। आफूहरुले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने भनेकाले यसलाई गलत अर्थमा नबुझ्न पनि उनले आग्रह गरे।

    प्रचण्डले पछिल्लो समय आफूहरु एमसीसीको विपक्षमा रहँदा बालुवाटार र बालकोट नजिक हुने देखिएपछि एमसीसी पास गर्न सहमत भएको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीबीच बाक्लो भेटघाट शुरु भएपछि आफूहरु एमसीसीको पक्षमा जानु परेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images