रूसी सेनाले युक्रेनको तेल र ग्यासका पूर्वाधारमा आक्रमण गरेको छ । राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरिएको हो ।
आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी भएको प्रष्ट देख्न सकिन्छ । यो हमलापछि पूरै क्षेत्रमा आँधी फैलिएको छ । राजधानी किभमा विषाक्त हावाको चेतावनी जारी गरिएको छ । सहरका मेयर नतालिया बालासिनोविचले समाचार एजेन्सीहरूलाई शत्रुहरूले सबै नष्ट गर्न लागिपरेको बताए ।
युक्रेनको पूर्वमा रूस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा तेल टर्मिनल पनि उडाएका छन् । युक्रेनका धेरै भागबाट यस्ता आक्रमणहरू भइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रूसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभमा रहेको प्राकृतिक ग्यास पाइपलाइनलाई विस्फोट गराएको छ । यो सहर रूसी सिमाना नजिक छ । यो पाइपलाइन उडाएपछि रूसी ग्यास युरोप पुग्छ कि हुँदैन भन्ने स्पष्ट छैन
प्रतिक्रिया दिनुहोस्