images
images
  • प्रतिनिधिसभाको बैठक साढे ६ बजेसम्मका लागि स्थगित

    काठमाडौं- प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।

    एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

    बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

    अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images