रुसी सैनिकले गरेको बम आक्रमणका कारण सात जनाको मृत्यु भएको युक्रेन प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म सात जनाको मृत्यु भएको जानकारी आएको युक्रेन प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् ।
पोडिल्स्कमा रहेको सैन्य टुकडीलाई लक्षित गरी भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र अरु सातजना घाइते भएको अधिकारीले बताएका छन् । १९ जना बेपत्ता रहेको पनि प्रहरीले जनाएको छ ।
यस्तै मारिपोल शहरमा भएको आक्रमणमा अर्का एकजनाको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















