images
images
  • संसद्‍मा एमसीसी: बानेश्वरमा १४ जना डिएसपी सहित २४ सय प्रहरी परिचालन

    काठमाडौं-  मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल हुँदै छ । संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ।

    प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।

    महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनाली फिल्डमा खटिएका छन् । मैनालीसँगै १४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ ।

    सुरक्षा व्यवस्थाको समग्र कमाण्ड काठमाडौंका एसएसपी सुदिप गिरीले गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images