images
images
  • रुससँग युद्धको आशंकाबीच युक्रेनमा संकटकालको घोषणा

    काठमाडौँ । युक्रेनको सुरक्षा परिषदले रुससँग युद्धको आशंकाबीच संकटकालको घोषणा गरेको छ । युक्रेनको संसदले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहमति दिनुपर्नेछ ।

    तर संसदले अबको केही मिनेट वा एक घण्टामा पनि यस विषयमा सहमति दिन सक्छ । यो आपतकालीन अवस्था डोनेस्क र लुहान्स्क बाहेक सम्पूर्ण युक्रेनमा लागू हुनेछ । राष्ट्रपति जेलेन्स्कीले देशका नाममा आफ्नो सन्देशमा संकटकालपछि पहिलो कदम चाल्ने उल्लेख गरेका छन् ।

    संकटकालको कदम युक्रेनले आफ्नो आरक्षित सेना बोलाउन सक्ने छ । तर संकटकाल भनेको मार्शल ल लागू गर्नु भने होइन । सुरक्षा तथा रक्षा परिषद्का सचिवले रुसबाट आक्रमण बढेमा मार्शल ल पनि लागु गर्न सकिने बताएका छन् ।

    यसबाट युक्रेनका जनताले संकटकाल अवस्था महसुस गर्ने छैनन् । तर यो कदमले युक्रेनी सरकारलाई आफ्ना जनता र राष्ट्रलाई सम्भावित खतराबाट जोगाउने अधिकार दिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images