images
images
  • चारा घोटाला कान्डः लालु यादवलाई ५ वर्ष जेल सजाय

    विहारका पूर्वमुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौं चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ। विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ।

    लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो। सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको थियो। त्यस्तै ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो।

    यसअघि चारवटै चारा घोटाला कान्डमा यादव दोषी ठहर भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images