images
images
  • एमसीसीका पक्षमा मतदान गर्ने कुरामा अझै गठबन्धनमा सहमति जुटेन

    काठमाडौं- सत्तारुढ गठबन्धन दलहरुबीच अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति बन्न सकेन ।

    आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति जुटाउन नसकेको हो ।

    बैठकबाट बाहिरिएपछि सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीका पक्षमा मतदान गर्ने कुरामा बोल्न चाहेनन् । उनले बैठकमा एमसीसी संसदमा आजै टेवल गर्ने जानकारी दिए तर मतदानमा सहमति भयो की भएन भन्ने प्रश्नमा उनी मौन रहे ।

    ‘आज ९आइतबार० एमसीसी परियोजना सम्झौता संसदमा टेवुल हुन्छ । त्यसपछि सडकमा होइन संसदमा गहन रुपले छलफल भएर एउटा निस्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ मन्त्री कार्कीले भने ।

    उनले एमसीसीलाई संसदमा अघिल्लो केपी ओली शर्मा नेतृत्वको सरकारले दर्ता जनाउँदै वर्तमान सरकारले अभिक्षिन्न उत्तराधिकारीको रुपले आइतबार एमसीसी टेवुल गराउने बताए ।

    एमसीसी संसदबाट अनुमोदन गर्न एमालेले साथ दिन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले प्रमुख प्रतिपक्षमा रहेको एमाले त्यतिबेला सरकारमा थियो । एमालेले यसको जवाफ दिनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images