images
images
  • जनतालाई शोकमा राख्नु प्रजातन्त्र होइन- ज्ञानेन्द्र शाह

    काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् ।

    ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा समीक्षा गर्नुपर्ने पूर्वराजा शाहको भनाइ छ ।

    त्यस्तै  शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।

    उनले शुभकामना सन्देशमा भनेका छन्, “प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाईदिएको असमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभनमा पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फुर्त एवम् लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पु¥याई रहेको छ, विचारणीय प्रश्न छ ।

    274119690 645478536506874 5822317542037968723 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images