images
images
  • एलन मस्कले गरे क्यानडाका प्रधानमन्त्री जस्टिनलाई हिटलरसँग तुलना

    अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन्। क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन्। उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो।

    क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधबार मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए। ट्विटरमा मस्कका ७ करोड ४० लाख फलोअर्स छन्।

    टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए। सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन्।

    आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ।

    Elon Musk

    प्रतिक्रिया दिनुहोस्
    images
    images