एजेन्सी । युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी झूटो भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् ।
युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले झुट बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।
‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की त्यो गलत हो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















