किसान आन्दोलनका क्रममा चर्चामा आएका पञ्जाबी अभिनेता दीप सिद्धुको सडक दुर्घटनामा परी निधन भएको छ ।
मंगलबार राति साेनिपतकाे नजिक कुंडली-मानसेर-पलवल हाइवेमा दुर्घटना भएकाे हाे ।
दिल्लीबाट बाटिन्डा जाँदै गर्दा ४३ वर्षीय दीपकाे कार ट्रकसँग ठोक्किएको थियो ।
गत वर्ष २६ जनवरीमा किसानको ट्र्याक्टर र्यालीकाे दाैरान दिल्लीमा भएको हिंसाको सम्बन्धमा दिल्ली प्रहरीले दीप सिद्धुलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















