images
images
  • माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

    काठमाडौं- सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हो ।

    आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

    माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images