पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का ४९ वर्षका नेता तथा सांसद आमिर लियाकत हुसैनले १८ वर्षकी युवतीसँग विवाह गरेका छन्।
उनले आफ्नो ट्वीटरमार्फत यो खबर सार्वजनिक गरेका थिए। यी दुईबीच ३१ वर्षको उमेर अन्तर रहेको छ।
लियाकत हुसैनको यो पोस्टभन्दा २ दिन अगाडि मात्र उनको दोस्रो श्रीमती सैयदा तूबा अनवरले इन्स्टाग्राममा पोस्ट गरेर सम्बन्ध विच्छेद भएकाेबारेमा जानकारी दिएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘भारी मनले म तपाईंहरुलाई मेरो जीवनमा आएको बदलावको बारेमा जानकारी दिन चाहन्छु। मेरो परिवार र नजिकका आफन्त यसबारेमा जानकार छन्, १४ महिना अलग बसेपछि यो कुरा स्पष्ट थियो, यसको केही समाधान छैन। त्यसकारण मलाई अदालतबाट खुलf बस्ने विकल्प नै रोज्नु पर्याे।’
उनले यो समय कठिन रहेको र सबैलाई यो निर्णयको सम्मान गरिदिनको लागि आग्रह गरेकी छन्।
टेलिभिजनमा कार्यक्रम सञ्चालिका तूबा अनवर र लियाकत हुसैनले सन् २०१८ मा विवाह गरेका थिए। त्यो समयमा लियाकतको पहिलो पत्नीले उनलाई फोनमा सम्बन्ध विच्छेद भएको बताएको दावी गरेकी थिइन्।
सैयदा बुशरा इकबालले त्यो समयमा तूबाले भनेको आधारमा लियाकतले फोनबाट सम्बन्ध विच्छेद गरेको आरोप लगाएकी थिइन्। फ्रेब्रुअरी १० मा आमिरले आफ्नो तेस्रो विवाहको बारेमा जानकारी दिए।
लियाकतले १८ वर्षकी सायदा दानिया शाहसँग विवाह गरेको र भर्खरै कालो माेड पार गरेको उल्लेख गरेका छन्।
श्रीमानश्रीमतीबीच ३१ वर्षको उमेर अन्तर असामान्य हो। पाकिस्तानको कानुनमा १८ वर्षको उमेर पुगेपछि विवाहको अनुमति दिने गरिन्छ।
तर हुसैनको विवाहले पाकिस्तानमा कम उमेरको दुलहीलाई प्राथमिकता दिनु सामान्य कुरा हो भन्ने प्रश्न उजागर गरिदिन्छ।
पाकिस्तानमा यो विवाहको विरोध भइरहेको छ। धेरैले नेता हुसेनको आलोचना पनि गरिरहेका छन्।
Tie a knot with,Syeda Dania Shah,18,belong to an honourable Najeeb ut Tarfain“Sadaat”Family of Lodhran,South Punjab, saraiki,lovely,charming, simple&darling.I would like to request all of my well wishers,please pray for us, I have just passed the dark tunnel, it was a wrong turn. pic.twitter.com/gO7nVO4pwj
— Aamir Liaquat Husain (@AamirLiaquat) February 10, 2022


विश्व खबर 

















