images
images
  • हिजाब विवादमा गीतकार जावेद अख्तरले भने – युवतीहरुलाई धम्काउने गुण्डालाई तिरस्कार

    भारतका प्रख्यात गीतकार जावेद अख्तरले हिजाब विवाद अफसोसको विषय भएको बताएका छन्। उनले ट्वीटरमार्फत आफू सधैँ हिजाब र बुर्काको पक्षमा नभएको र सधैँ आफ्नो भनाइमा अडिग रहिरहने जनाएका छन्।

    उनले अगाडि लेखेका छन्, ‘मलाई गुण्डाको ती भिडसँग धेरै तिरस्कार छ, जो केही युवतीहरुलाई तर्साउने कोसिस गरिरहेका छन् तर पनि उनीहरु सफल भइरहेका छैनन्। के यो उनीहरुको ‘मर्दपन’ देखाउने अवधारणा हो ? यो धेरै अफसोसको कुरा हो।

    कर्नाटक विवादमा धेरै मानिसहरु आफ्नो विचार राखिरहेका छन्। केही दिन अगाडि कांग्रेस नेतृ प्रियंका गान्धीले महिलालाई के लगाउने के नलगाउने भन्ने अधिकार भएकाे बताएकी थिइन्।

    यता वीजेपी र शिवसेनाका नेताले भनेका छन्, ‘कलेज र विद्यालयमा युनिफर्म लगाउन जरुरी छ। शिक्षाको केन्द्रलाई धार्मिक मुद्दाभन्दा पर राख्न आवश्यक छ।’

    पछिल्लो समय कर्नाटकमा हिजाब विवाद चर्किएपछि जावेद अख्तरको पुरानो ट्वीट भाइरल भएको थियो, जहाँ उनले बुर्काको विरोध गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images