images
images
  • एक हातमा पत्नीको काटिएको टाउको र अर्कोमा चक्कु, भाइरल भिडियो देखेर अचम्म परे मानिसहरु

    ईरानबाट एक डरलाग्दो भिडियो भाइरल भएको छ जहाँ एक व्यक्ति आफ्नो पत्नीको काटेको टाउको लिएर सडकमा यताउति हिंडेको देखिएको छ । यस भिडियोलाई देखेर प्रत्येक मानिसको मुटु डरले थरथर काँप्दछ । बताइएको छ कि व्यक्तिले आफ्नो पत्नीलाई यसकारण मारे किनकी उनको अरुको साथ अबैध सम्बन्ध थियो । ईरानको न्यूज एजेन्सी इस्नाको मुताबिक पुलिसलाई शंका छ कि १७ सालकी मोना हैदरीलाई उनको पति र उनको जेठाजु मिलेर इरानको दक्षिण पश्चिम शहर अहवाजमा मारेका हुन् ।

    भिडियो भाइरल हुने बित्तिकै मर्माहत भयो इरान

    स्थानीय पुलिसको भनाई छ कि यस मामिलामा दुई आरोपिहरुलाई गिरफ्तार गरिएको छ । दुवैसँग पुछताछ चलिरहेको छ । इरानको अखबार र सोशल मिडियामा यस भिडिया भाइरल भएपछि मानिसहरुमा आरोपिप्रति आक्रोसको स्थिति छ । ईरानमा सुधारवादी पत्रिका डेली साजंदगीले भनेको छ कि एक महिलालाई काटियो, उनको टाउकोलाई सडकमा प्रदर्शन गरिएको छ र हत्यारालाई आफ्नो कर्तुतप्रति कुनै शर्म छैन । हामीहरु यस्तो अपराधलाई कसरी स्वीकार्न सक्छौं । कुनै पनि महिलाको यस्तो हत्या फेरि हुनु हुँदैन, यसको लागि सरकारले कडा कदम चाल्नु पर्दछ ।

    ईरानको मानिएकी फिल्म निर्माता ताहमिनेह मिलानीले इंस्टाग्राममा लेखेका छन्, मोना गंभीर समस्यालाई नजरअन्दाज गरेको कारणले शिकार भइन् । हामीहरु सबै यस अपराधको लागि जिम्मेवार छौं । मोना हैदरीको हत्यापछि सुधारवादी वकीलहरुको आउने वाला फोनको संख्यामा बढोत्तरी भएको छ । ईरानमा घरेलु हिंसाबाट पीडित महिलाहरु आफ्नो आवाज उठाइरहेका छन् ।

    घरेलु हिंसाको विरुद्ध महिलाहरुले आवाज उठाए

    यस घटनापछि पुरा इरानमा हाहाकार मच्चिएको छ । प्रत्येक व्यक्ति आरोपिहरुको विरुद्ध कडा सजाय दिन माग गरिरहेका छन् । ईरानमा मोना हैदरीको हत्यापछि लड्कीहरुको लागि विवाहको कानुनी उमेर बढाउनको लागि माग गरिएको छ । अहिले ईरानमा १३ सालको उमेर कानूनी रुपमा निर्धारित गरिएको छ । ईरानी मिडियाको अनुसार मोना हैदरीको सिर्फ १२ सालको उमेरमा विवाह भएको थियो । जब उनको हत्या भयो तब उनको तीन सालको एउटा छोरा पनि छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images