images
images
  • क्यानडापछि न्युजिल्यान्डमा पनि खोपको विरोधमा ट्रक चालकहरुको प्रदर्शन

    काठमाडौँ । सरकारले ल्याएको कोभिड प्रतिबन्ध र खोपको विरोधमा ट्रकसहित विभिन्न स्थानबाट आएका ट्रक चालकहरु र अभियानकर्ताहरुले मंगलबार राजधानी वेलिङटनको संसद घेरा हालेका छन् । क्यानडामा ट्रक चालकहरुले एक सातादेखि यस्तै प्रदर्शन गर्दै आएका छन् ।

    ‘हाम्रो स्वतन्त्रता फिर्ता देऊ’, ‘बाध्यता सहमति होइन,’ लेखेका पोस्टर बोकेर सयौं ट्रकहरुलाई सडकमा जथाभावी रोकाएर चालकहरुले संसद भवन घेरा हालेका छन् ।

    निरन्तर हर्न बजाएर चालकहरु सहरका केन्द्र प्रवेश गरेका थिए । हजारभन्दा बढी प्रदर्शनकारी पैदलै हिडेर सरकारविरुद्ध नारा लगाएका छन् । आफ्ना अधिकार थिचोमिचो भएको विषयमा प्रदर्शनकारीले चासो देखाएको वेलिङटनका स्टु मेनले बताए ।

    ‘मैले वास्तवमा खोप लगाएको छु । तर, सबै मानिसहरुले अनिवार्य खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोध गर्छु,’ उनले भने ।

    ‘इच्छा नभएका व्यक्तिलाई जबरजस्ती खोप लगाउन खोज्नु अपमानजनक हो,’ उनले भने ।

    प्रदर्शन शान्तपूर्ण रहेको र कोही पनि पक्राउ नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ । अधिकांशले सरकारको खोप कार्यक्रमलाई सहयोग गरेकोले ट्रक चालकहरुको समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बताएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images