images
images
  • बेलायतले दिएको ८ लाख खोप नेपाल आइपुग्यो

    काठमाडौँ- बेलायतले नेपाललाई २१ लाख एस्ट्राजेनिका खोप सहयोग गर्ने भएको छ।

    तीमध्ये ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिइन्।

    उनले सोमबार एक ट्विटमार्फत उक्त जानकारी गराउँदै यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी भएको उल्लेख गरेकी छन्।

    उनले खोपले काम गर्ने पनि आफ्नो ट्विटमा उल्लेख गरेकी छन्। ‘खोपले काम गर्छ,’ उनले भनेकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images