images
images
  • प्रचण्डलाई बाबुरामको कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

    काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि डा. भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।

    कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसीसी पारितको समय माग गरेको खुलेको थियो । नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने डा. भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन ःऋऋ जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है !’, भट्टराईले लेखेका छ्न् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images