
काठमाडौं- बिहे गर्दै गर्दा हरेक जोडीले एक अर्कालाई जीवनभर साथ दिने सोचिरहेका हुन्छन् । तर, केही सम्बन्धहरु निकै छिटो तोडिन्छन् । तर, बिहेको भोलिपल्टै सम्बन्धविच्छेद ? यति छिटो सम्बन्ध बिग्रिएला भनेर हामीले सोच्दैनौं । संयुक्त अरब इमिरेट्समा भने एउटा बिहे भोलिपल्टै तोडिएको छ । यससँगै यो बिहे युएइको इतिहासमै सबेभन्दा छोटो वैवाहिक सम्बन्धको रुपमा रेकर्ड भएको छ ।
खलीज टाइम्सको एक रिपोर्टका अनुसार युएइको न्याय मन्त्रालयले देशमा गएको २०२१ सालमा भएका सम्बन्धविच्छेदको तथ्यांक जारी गरेको छ । यी तथ्यांकका अनुसार २०२१ मा युएइमा ६४८ सम्बन्धविच्छेद भएका छन् । यीमध्ये सबैभन्दा छोटो वैवाहिक सम्बनध १ दिनको थियो र सबैभन्दा लामो ४७ वर्षको थियो । ४७ वर्षसम्म साथमा रहेर छुट्टिने जोडी युएइका मूल निवासी थिएनन् ।
तथ्यांकका अनुसार ३११ सम्बन्धविच्छेदका केस युएइका जोडीका थिए जबकि १९४ केस विदेशीका थिए । १५ सम्बन्धविच्छेद युएइकी महिला नागरिक र विदेशी पुरुषबीचका थिए । संघीय अदालतले शारजाह, अजमान, उम्म अल क्वैन र फुजैराह अमीरात सहरमा यी सम्बन्धविच्छेद पञ्जीकृत गरेको छ । न्याय मन्त्रालयका अनुसार २०२१ मा पञ्जीकृत विवाहको संख्या ४ हजार ५४२ थियो ।
प्रतिक्रिया दिनुहोस्