images
images
  • माओवादीबाट जिल्लामै एक्लो वडाध्यक्ष राई एमालेमा प्रवेश

    इलाम- जिल्लामै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट एक्लो वडाध्यक्ष जितेका सन्दकपुर गाउँपालिका–१ का वडाध्यक्ष नन्दकुमार राई नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

    उनलाई एमाले केन्द्रीय सदस्य रामबहादुर राना, जिल्ला अध्यक्ष महेश बस्नेतलगायतले पार्टीमा स्वागत गरेका छन्। जिल्लाका ८१ वडामध्ये माओवादीले यही वडामा मात्र वडाध्यक्ष जितेको थियो भने यही वडामा महिला सदस्य पनि जितेको थियो। सन्दकपुर गाउँपालिकाका ५ वटा वडामध्ये बाँकी सबै वडाध्यक्ष र सदस्यहरू एमालेबाट विजयी भएका थिए।

    २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा माओवादीबाट विजयी जनप्रतिनिधि यिनै दुई जनामात्र हुन्। स्थानीय निर्वाचनमा एमालेले ४७, काङ्ग्रेसले ३१ तथा माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीले १र१ वडाध्यक्षमा विजय हासिल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images
    images