images
images
  • भारतीय बजेटमा नेपालका लागि १२ अर्ब

    भारतले २०२२/२३ का लागि मंगलबार जारी गरेको बजेटमा नेपालका लागि १२ अर्ब रुपैयाँ अनुदान छुट्ट्याएको छ।

    गत वर्ष नेपालका लागि भारतले ९ अर्ब ९२ करोड भारु छुट्याए पनि यस वर्ष ७ अर्ब ५० करोड रुपैयाँ भारु अर्थात १२ अर्ब रुपैयाँ नेपाली छुट्टयाएको हो।

    भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको बजेटमा भुटानलाई २२ अर्ब ६६ करोड भारु, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंकालाई २ अर्ब र माल्दिभ्सलाई ३ अर्ब ६० करोड भारु छुट्ट्याएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images