काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ ।
विपक्षी गठबन्धनका बहुमत सांसदले प्रतिनिधीसभा विघटनका विरुद्ध र नयाँ प्रधानमन्त्री नियुक्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएकै दिन झण्डै मध्यरातमा प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। त्यो पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेर।
प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको छ। तर राणाका सुरक्षाकर्मीले भने उनी आफ्नै गाडीमा त्यहाँ पुगेको बताएका छन्।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानन्याधीश स्रोतहरुका अनुसार, प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेका छन्।


विश्व खबर 


















