काठमाडौंं- स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउनसत्तारुढ पाँच दलीय गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । अनौपचारिक जानकारी अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।
स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ भने बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















