images
images
  • चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

    काठमाडौं- चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् ।

    मन्त्री रिजिजूले मिराम तारोनको मेडिकल परीक्षणसहित अन्य प्रक्रिया पालना गरिएको बताए ।

    अरुणाचल प्रदेशका १७ वर्षीय अपर सियांग जिल्लाको जिदो गाउँमा बस्ने गर्छन् । उनी गत १७ जनवरीदेखि बेपत्ता थिए ।

    उनलाई चिनियाँ सेनाले अपहरण गरेको समाचार भारतीय मिडियामा आएका थिए । अपर बेपत्ता भएको समाचार सार्वजनिक भएपछि कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images