images
images
  • मेयरमा पराजित एमाले नेता सिलवाल नेकपा ‘एस’मा प्रवेश

    काठमाडौं- नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

    विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका सिलवाल झिनो मतले कांग्रेसका गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधार लगायतका नेताहरूले सिलवाललाई स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images