विराटनगर-प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई जसपाबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















