images
images
  • बुर्किना फासोका राष्ट्रपति काबोर सैनिक हिरासतमा

    एजेन्सी । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन् ।

    द्वन्द्वग्रस्त देश कुर्किना फासोमा केही दिनदेखि केही सैनिकले ब्यारेकभित्रै बिद्रोह गरिरहेका थिए । यसैबीच यहाँ सैनिक ‘कु’को हल्ला पनि चलिरहेको थियो। आइतबार पनि राष्ट्रपति काबोरेको ओआगाडौगुस्थित घर नजिकै गोली चलेको थियो।

    सोमबार बिहानैदेखि उनको निवास आसपास हतियारले भरिएका सशस्त्र गाडीहरू देखिएको समाचार संस्थाहरूले जनाएका छन् । त्यहाँ रगतले लतपतिएको अवस्थामा एक जना मानिस समेत देखिएको उनीहरूले उल्लेख गरेका छन् ।

    यहाँको सुरक्षा स्रोत र पश्चिम अफ्रिकी एक कूटनीतिज्ञले काबोरलाई सैन्य शिविरमा हिरासतमा राखेको जनाएका छन् । तर, सरकारकाले भने आधिकारीक रुपमा कुनै टिप्पणी गरेको छैन । साथै ‘कू’सम्बन्धी विषय पनि अस्वीकार गरेको छ । ‘हामीले भर्खरै सैन्य अड्डा पार गर्यौं जहाँ काबोरलाई बन्दी बनाएको आरोप लगाइएको छ,’ । पत्रकार हेनरी विल्किन्सले सोमबार औगाडोगुबाट भनेका छन्, ‘शहरको सावारी व्यवस्थापन समान्य छ । तर, राष्ट्रपति भवन वरपरको सडकमा उच्च संख्यामा सैन्य कर्मचारीहरू छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images