images
images
  • प्रहरी जवानलाई यौनक्रिडामा भुलाएर प्रहरीको मोटरसाइकल लिएर भागेका कारागारका ‘नाइके’ यामराज भारतमा पक्राउ

    बुटवल- दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका नाइके यमराज परियार पक्राउ परेका छन्। परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो।

    परियारलाई भारतबाट आजै घोराही ल्याउने तयारी गरिएको छ। परियार गएको पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर भागेका थिए। परियारले आफूलाई उपचार गर्न ल्याउने प्रहरी जवान धनबहादुर चौधरीलाई होटलमा भुलाएर प्रहरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो-कालो पल्सर मोटरसाइकलसहित फरार भएका थिए।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको यकिन गरेपछि दुई दिन अगाडि दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्द प्रसाद रिजाल भारत गएका थिए।

    कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। प्रहरीले सोमवार बेलुकी नै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

    २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। उपचारमा हतकडी नै नलगाएर लगेका कारण उनी सहजै भाग्न सफल भएको अनुसन्धानबाट खुलेको थियो।

    कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छन्। जेलर युवराज परियार, सुरक्षा प्रमुख असई रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु पनि निलम्बनमा परेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images