images
images
  • चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

    कैलाली– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेका छन् ।

    दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेका हुन् । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरे ।

    हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बर्ताए । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिए ।

    उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछिन् । सहकारीको सहयोगको पनि उनले सराहना गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images