images
images
  • युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

    मस्को । रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्बिर सार्वजनिक भएकाे छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरूले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।

    बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।

    रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिकलगायतका प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाले युक्रेनमाथि नयाँ हमला गर्न सक्ने बताएका छन् ।

    युक्रेन विवाद बढ्दै गएको क्रेमलिनले बताउँदै गएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको विस्तार रोक्न रसियाले अमेरिकासँग माग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images