images
images
  • यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

    यमन- साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् ।

    यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

    हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ ।

    सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images