images
images
  • आणविक वारहेड बोकेको अमेरिकाको पनडुब्बी पुग्यो ग्वाम, चीनलाई सन्देश

    दर्जनौं आणविक वारहेडहरू बोकेको अमेरिकी जलसेनाको एक पनडुब्बी शनिवार ग्वाम पुगेको छ । अमेरिकी जलसेनाले यसबाट उक्त क्षेत्रमा रहेका साझेदारहरूलाई सकारात्मक सन्देश गएको बतायो ।

    यूएसएस नेभादा नामक आणविक ऊर्जायुक्त पनडुब्बी सन् १९८६ मा सेनामा राखिएको थियो । त्यसले २० वटासम्म ट्राइडेन्ट सेकेन्ड डी–५हरू र दर्जनौं आणविक वारहेडहरू बोक्न सक्छ । पनडुब्बी अमेरिकाको सैन्य अड्डा ग्वाममा जनवरी १५ मा पुगेको थियो । सन् २०१६ पछि पहिलोपटक पनडुब्बी त्यहाँ पुगेको हो ।

    ताइवानका विषयमा वाशिङटन र बेइजिङबीच तनाव बढिरहेको बेलामा अमेरिकी पनडुब्बी ग्वाम पुगेको हो ।

    गत डिसेम्बर महिनामा अमेरिका र जापानले चीन र ताइवानबीचको सम्भावित द्वन्द्वको तयारीका लागि आकस्मिक सैन्य योजनाको मस्यौदा तयार पारेका थिए । अनि अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले ताइवानमाथि चीनको आक्रमण हुन सक्ने चेतावनी डिसेम्बरमै दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images