images
images
  • अब आइसोलेसनको समय पाँच दिनमात्र

    लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ ।

    यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।

    यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताए । उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो ।

    पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images