एजेन्सी । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ । ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ ।
समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो । यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे–१६ लडाकु विमान थिए भने एक शांक्सी वाई–८ एन्टी–सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ।
बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।


विश्व खबर 



















