एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।”
मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















