images
images
  • एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत

    संखुवासभा । नेकपा (एमाले) सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

    दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

    २६ गते ८औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका थिए । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो ।

    जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

    उपसचिव खड्का नेकपा माओवादी केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गरेका हुन् । बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो ।

    सोमबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images