images
images
  • चीनको तियानजिन शहरमा देखियो ओमिक्रोन, यात्रामा प्रतिबन्ध

    बेइजिङ । कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् ।

    संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।

    तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।

    ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images