म्यानमार- म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।
नोबेल शान्ति विजेता सूची गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सूचीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कु गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।
यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो । एजेन्सी
प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०३:१३