images
images
  • हाइटीमा दुई पत्रकारको जिउँदै जलाइएर ‘वीभत्ष’ हत्याप्रति राष्ट्रसंघको निन्दा

    न्यूयोर्क । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।

    “कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,” दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। “हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ,” डुजारिकले थपे।

    हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए ।

    अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ ।

    हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक सङ्कट गहिरिदै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images