images
images
  • काजकिस्तानमा २०० जना आन्दोलनकारी पक्राउ

    काठमाडौं । काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन् । विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो ।

    मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

    “आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको हो,” गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

    आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images