images
images
  • जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

    टोकियो । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।

    स्थानीय समय अनुसार बिहान ६:०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो ।

    जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images