images
images
  • अमेरिकामा एकै दिन भेटिए १० लाख बढी कोरोना संक्रमित

    अमेरिकामा एकै दिन १० लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। यो संख्या पछिल्लो कोरोनाको लहरभन्दा तीन गुणा धेरै हो । ओमिक्रोनको खतरनाक संक्रमणको असर अमेरिकामा देखिन थालेको हो। यहाँ कोरोनाको अहिलेसम्मका सबै लहरको तुलनामा यस लहरमा एक दिनमै तीन गुणा ज्यादा संक्रमित भेटिएका हुन्।

    सोमबार मात्रै कीर्तिमानी १० लाख कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमवार साँझ साढे ७ बजे जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको विवरण अनुसार आइतवारको तुलनामा १० लाख ४२ हजार धेरै संक्रमित दर्ता भएका हुन्।

    त्यस समयसम्म अमेरिकाका सबै ५० राज्यकै तथ्यांक हो होइन एकिन भएको छैन । मंगलवार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस व्हाइट हाउसमा कोरोना भाइरस रेस्पोन्स टिमसँग अबको रणनीतिबारे छलफल गरिरहेका छन् ।

    अमेरिकी खाद्य एवम् औषधि विभागले सोमवार फाइजर बायोएनटेकको कोरोना बुस्टर डोजलाई १२ देखि १५ वर्षका बालबालिकालाई लगाउने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images